पर्व मनाउने क्रममा भएकाे भागदौडमा ३८ जनाको मृत्यु

इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ।

माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ। पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए।

घटनास्थलमा घाइतेहरुको उद्धार र उपचार भइरहेको तर धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका खबरमा उल्लेख छ। वार्षिक रुपमा हुँदै आएको पर्व मेला गएको वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको थियो।

यस वर्ष अत्याधिक भीडभाड रहेकाले कोरोना सङ्क्रमण थप फैलने जोखिम समेत बढेको छ।

अन्य सम्बन्धित समाचार:  इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो