बाजुरामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

माेटरसाइकल

बाजुरा। बाजुरामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।

जिल्लाको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानिय अंग कडारका छोरा जगत कडाराको ट्याक्टरको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ।

स्वामीकार्तिक खापर गाउँपालिकाको सडक खण्ड अन्तर्गत पर्ने वडा नं तिनको वडा कार्यालय नजिकै ट्याक्टरको ठक्करबाट नौ वर्षिय कडाराको मृत्यु भएको प्रहरी सहायक निरीक्षक पृथ्वी शाहीले जानकारी दिए।

जुकोटबाट पीलुचौर आउदै गरेको राजेन्द्र नाथको वान टेष्ट ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  डडेल्धुरा अस्पतालमा मृत्यु कोराना संक्रमित महिलाको मृत्यु