सांसद पद खोसिएका ४ मन्त्री सर्वोच्च अदालत जाँदै

बुटवल। लुम्बिनी प्रदेश सभामा सांसद पद खोसिएका जनता समाजवादी पार्टी (जसपा) का ४ जना मन्त्री सर्वोच्च अदालतमा जाने भएका छन्। उनीहरुले आफूलाई पार्टीको आधिकारिक निर्णयबिना नै सांसद पदबाट हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्। पदमुक्त गर्ने प्रदेश सभा सचिवालयको उक्त निर्णयविरुद्ध आज नै सर्वोच्च अदालत जाने बताइएको छ।

बिहीबार प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै उनीहरुप्रदेश सभामा सदस्य नरहेको जानकारी गरेको थियो। जसमा जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्य दुवैबाट निष्काशन गरेको व्यहोराको पत्र सचिवालयमा दर्ता भएको र सोहीअनुरूप निज ४ जनालाई पदमुक्त गरिएको उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक

तर जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले सोही दिन लुम्बिनी प्रदेशका कुनै पनि प्रदेश सभा सदस्यलाई पार्टीले कारबाही नगरेको व्यहोराको पत्र प्रदेश सभा सचिवालयलाई पठाएका थिए। त्यसपछि नै विवाद बढेको जनाइएको छ।