सुनको मुल्य घट्यो, तोलाको कति?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ९०० रूपैयाँले ओरालो लागेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ छ। हिजो एक हजार ३१५ मा कारोबार भएको चाँदी २० रूपैयाँ घटेर एक हजार २९५ मा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सुनचाँदीको मूल्य घट्यो