आईसीयू खोज्दाखोज्दै कोरोना संक्रमितको मृत्यु

रुपन्देही। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पताल स्रोतका अनुसार एक दिनदेखि अस्पतालको इमर्जेन्सीमा बसेर आईसीयू बेडको प्रतिक्षा गरेपनि बेड खाली नभएपछि आज बिहान उनको मृत्यु भएको हो।

बुटवल ११ का ८३ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल पुर्याइएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते नै स्वाव संकलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएसँगै बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतमा राखिएको उनको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिबर क्लिनिकसहित इमर्जेन्सीमासमेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  १४ महिने बालकसहित १११ वर्षीय वृद्धले जिते कोरोना