सभापति देउवाले किन गर्दै छन् आकस्मिक पत्रकार सम्मेलन?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै छन्। कोभिड–१९ नियन्त्रणका लागि सरकारले गरेको प्रयास, सत्ता सहकार्य, समयसामयिक राजनीतिक विषय र पार्टीको आगामी महाधिवेशनको सन्दर्भमा देउवाले शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छन्।

केन्द्र र प्रदेशमा भइरहेको सत्ता समीकरणको विषयमा छलफल भइरहेको सन्दर्भमा सभापति देउवाले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीलाई विपक्षीको आग्रह— बहुमतको सरकार गठन प्रक्रिया थालियोस्