काठमाडौंका कोरोना संक्रमितलाई एम्बुलेन्सको अभाव

काठमाडौं। नेपाल एम्बुलेन्स सेवाले कोरोना संक्रमितको संख्या उच्च हुँदै गएपछि एम्बुलेन्स संख्या थप गर्ने भएको छ। सेवाअन्तरगत काठमाडौं उपत्यकामा ८ वटा ‘ए’ र ‘बि’ वर्गका एम्बुलेन्स प्रयोग हुँदै आएकोमा आजदेखि ३ वटा थप गर्ने तयारी गरिएको हो।

नेपाल एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमिस जोशीका अनुसार बिहीबारसम्म ८ वटा एम्बुलेन्स कोभिड संक्रमितको वसारपसारमा प्रयोग हुँदै आएको थियो। आजदेखि एम्बुलेन्स सेवाको माग बढेपछि सेवासँग भएका एम्बुलेन्सले नधान्ने भएपछि अन्य संस्थाहरुसँग समन्वय गरी स्रक्रमितका लागि सेवा थप गर्न लागिएको हो। सेवामार्फत सञ्चालित ८ वटा एम्बुलेन्सले दैनिक ७५ जना संक्रमितलाई सेवा दिँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा सबै निकायबाट सञ्चालित एम्बुलेन्स कोभिड संक्रमितका लागि प्रयोग गर्न अनुरोध गरेको छ। संक्रमितलाई अस्पतालसम्म पुर्याउन समस्या भइरहेको भन्दै मन्त्रालयले प्रदेश र स्थानीय तहमा एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका नियकायसँग समन्वय गरी परिचालन गर्न अनुरोध गरेको हो।

अन्य सम्बन्धित समाचार:  गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ