पूर्वरानी शाहको स्वास्थ्य अवस्थामा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार शुरु

काठमाडौं। पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। कोरोना भाइरसबाट संक्रमित उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो। उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो।

शुक्रबार पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्। पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  सरिता र काकुलाई पनि कोरोना संक्रमण पुष्टि