प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। गायक प्रकाश सपूतलाई कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं मेडिकल कलेजमा नमुना परीक्षणका गर्दा कोरोना संक्रमण पुष्टि भएको हो। गायक सपूतले सम्पर्कमा रहेकाहरुले पीसीआर परीक्षण गर्न आग्रह गरेका छन्।

एकदमै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि पिसिआर टेस्ट गरेको प्रकाश सपूतले जानकारी दिए।

उनले भने,‘ मेरो रिपोर्ट पोजेटिभ आएको छ। स्वास्थ्य अवस्था सामान्य छ।’ गायक सपूत अहिले होम आइसोलेशनमा बसेका छन्। उनले कोरोना भाइरसलाई सामान्य नठान्न समेत आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु