कोरोना संक्रमण डरलाग्दो गरी फैलियो: स्वास्थ्य मन्त्रालय

काठमाडौं। देशभरको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै संक्रमणको हिसाबले मुलुकको २२ जिल्लामा संक्रमण डरलाग्दो गरी फैलिएको जनाएको छ।

मन्त्रालयले विज्ञप्तीमार्फत सर्वसाधारणलाई परिस्थितीप्रति संवेदनशिल बन्न आग्रह गरेको छ। मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ।

अन्य सम्बन्धित समाचार:  २८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी— मिठाइ खानू लड्डू चाहिँ नखानू