तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैनः सभापति देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने बताएका छन्। उनले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको जानकारी दिएका हुन्। शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले बैकल्पिक सरकार गठनबारे सोधेको प्रश्न देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै पुग्ने बताए।

उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको जनाए। पत्रकार सम्मेलनमा देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह भएको बताए।

उनले यसको रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई हिजो गरेका गल्ती नदोहोर्याउन र गम्भीर बन्न आग्रह गरे। उनले कोरोना टेस्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकारले नै गाउँमा समेत कोरोना फैलाउने काम गरेको आरोप लगाए।

अन्य सम्बन्धित समाचार:  सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन काँग्रेस तयार