कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

कैलाली। कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका ५ कि ४२ बर्सिया महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

आज कैलालीका ३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। यस अघि जिल्लाको गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी