देशभर थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ।

१५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ। कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ। ३,२७९ जनाको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  डब्ल्यूएचओले स्वीकार गर्यो– कोरोना भाइरस हावाबाट सर्छ