रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु

माेटरसाइकल

रौतहट। रौतहटको मौलापुरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ। मौलापुर नगरपालिका २ चिरचिरीया निवासी विश्वनाथ राउत कुर्मीका १२ वर्षीय छोरा राजिव राउत कुर्मीको मृत्यु भएको हो।

आफ्नै खेतमा पानी पठाउने क्रममा बिजुलीको नाङ्गो तार छुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरका इन्सपेक्टर राकेश यादवले बताएका छन्। मौलापुर नगर प्रमुख रिनाकुमारी साहले मृतक बालकको परिवारलाई राहत स्वरूप २५ हजार नगद उपलब्ध गराएकी छन्।

अन्य सम्बन्धित समाचार:  कारागार पठाउनुपर्ने ५ जना कैदीबन्दीमा कोरोना संक्रमण