दैलेखमा कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु

सुर्खेत। दैलेखमा कोरोना संक्रमित एकजना गर्भवती महिलाको मृत्यु भएको छ। दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो। मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

१०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन्। ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण पुष्टि