अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध

अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ।

अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो।

विभिन्न अमेरिकी संचारमाध्यमका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो।

यसैबीच अमेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ।

चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको छ।

अन्य सम्बन्धित समाचार:  क्युबाले कोरोनाविरुद्धका दुई खोप विकास गर्दै