नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ।

उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो। उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ। पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए।

ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो। सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा ल्याइएको थियो।

उनी नेपाली राजनीतिमा वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह एवम् कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत रहेको नेता भण्डारी बताउँछन्।

अन्य सम्बन्धित समाचार:  सार्वजनिक स्थानलाई निसंक्रमण गर्दै काठमाडौँ महानगरपालिका