भारतमा दैनिक कोरोना संक्रमित संख्या ४ लाख भन्दा बढी

काठमाडौँ। भारतमा कोरोना संक्रमितको संख्या हावातै बढेको छ। कोरोना संक्रमितको संख्या ४ लाखले नाघेको छ। एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख २ हजार ११० जनामा संक्रमण भेटिएको छ। पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको छ। भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ।

हालसम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन्। यस्तै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ रहेको छ। साथै एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ।
अन्य सम्बन्धित समाचार:  देशभर थप ८,५२० जनामा कोरोना संक्रमण पुष्टि, २०३ जनाको मृत्यु