कोभिड अस्पतालमा भीषण आगलागी, १३ बिरामीको मृत्यु

एजेन्सी। भारतको गुजरात राज्यको भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ।

शुक्रबार राति साढे १२ बजेतिर पटेल वेलफेयर अस्पतालमा भीषण आगालागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

जसलाई कोरोना संक्रमितको उपचार गर्ने अस्पताल (कोभिड केयर सेन्टर) बनाइएको थियो। भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार मृतकको संख्या अझ बढ्ने सम्भावना छ।

अन्य सम्बन्धित समाचार:  जापानको फुकुसीमामा भूकम्प