कर्णालीमा कांग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्री सकसमा

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही फेरी सकसमा परेका छन्। नेपाली कांग्रेसले शाहीलाई विश्वासको मत दिएवापत तत्काल दुई मन्त्रालय मागेपछि उनी सकसमा परेका हुन्।

नेकपा माओवादी केन्द्र संसदीय दलको वैठकमा मुख्यमन्त्री शाहीले कांग्रेसलाई दुई मन्त्रालय दिनुको विकल्प नभएको बताएका छन्।

पहिले एक मन्त्रालय र ६ महिनापछि मुख्यमन्त्री दिने कुरा आएको र अहिले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय कांग्रेसले माग गरेको प्रदेश सभा सदस्य रातो कामीले बताए।

कर्णाली प्रदेश सभामा हाल नेकपा माओवादीका १२ र कांग्रेसका ६ सांसद छन्। नेकपा एमालेका सभामुख सहित १६ जना मात्रै सांसद रहेको समयमा कांग्रेस र माओवादीको सरकार ढाल्न एमालेको ताकत छैन।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री

एमालेले पनि कांग्रेसलाई अफर दिन सक्ने र कांग्रेस बिच्किएको खण्डमा सरकार नै ढल्ने भएकाले मुख्यमन्त्री दवावमा परेका हुन्।
हाल मन्त्रीमण्डलमा स्वतन्त्र तीन जना मन्त्री छन्।

मुख्यमन्त्री शाहीले मन्त्रालय फुटाएनन् भने सात मन्त्रालयमध्ये दुई कांग्रेसलाई दिँदा माओवादीको भागमा मुख्यमन्त्री र एक अर्को मन्त्री मात्रै पर्छ।