डडेल्धुरा अस्पतालले ‘हात उठायो’: थप संक्रमितको उपचार गर्न नसक्ने

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको एकमात्रै अस्पताल डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने जानकारी दिएको छ।

अस्पतालले एक सूचना जारीगर्दै क्षमताभन्दा बढी आइसीयू र एचडीयूमा कोरोना भाइरस संक्रमित बिमारीहरू भर्ना गरिसकेको र थप बिरामी भर्ना गरेर उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो। अस्पतालमा भएका कोरोना संक्रमित विमारी निको हुनेवित्तिकै नयाँ केस भर्ना गर्ने अस्पतालले जनाएको छ।

केही दिन पहिले डडेल्धुरामा अक्सिजनको अभाव नहुँदा सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्दनगरबाट समेत गम्भीर अवस्थाका कोरोना संक्रमित बिरामीहरुलाई डडेल्धुरा रिफर गर्ने गरिएको थियो।

अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म र्पुयाउने व्यवस्था गरेको छ। डडेल्धुरा अस्पतालमा हाल १६ जना कोभिड सक्रमित बिरामी उपचाररत छन्। तीमध्ये तीन जना भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू