लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गरे।

पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन्।

विपक्षीको निवेदनको आधारमा आईतबार विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो।

यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

अन्य सम्बन्धित समाचार:  जसपाका चार सांसदको रिटमाथी सुनुवाइ जारी