सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य वृद्धि भएको छ।

शुक्रबार तोलामा एकैपटक ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा उछाल, लगानीकर्ता उत्साहित