लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

बुटवल। लुम्बिनी प्रदेशसभाको आजबाट बोलाईएको विशेष अधिवेशन अन्त्य भएको छ।

प्रदेशका कामचलाउ मुख्यमन्त्रीको सिफारिसमा प्रदेशप्रमुखले धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेशप्रमुखले अधिवेशन अन्त्य गरिसक्नुभएको छ । हामी सूचना निकाल्दै छौं,’प्रवक्ता चिरन्जीवी पौडेलले भने।’

बैठक मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर, आजै मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्रीको राजिनामा पश्चात् अधिवेशनको औचीत्य नभएको भन्दै अधिवेशन अनत्य भएको हो।

अन्य सम्बन्धित समाचार:  जसपामा विवाद बढेपछि ठाकुर र यादवबीच वार्ता हुँदै