कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको मृत्यु

कैलाली। दोस्रो संविधानसभाकी सदस्य रबनी चौधरीको कोरोना संक्रमणबाट अस्पताल नपुग्दै मृत्यु भएको छ। उनलाई आइतबारमात्र संक्रमण पुष्टि भएको थियो।

लम्कीचुहा नगरपालिका ६ की चौधरीलाई उपचारका लागि धनगढी लैजाने क्रममै निधन भएको नेकपा एमालेका सांसद झपट रावलले बताए।२०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिकतर्फ सभासद भएकी चौधरी २०७४ सालको निर्वाचनमा एमालेका कैलाली क्षेत्र नम्बर २ का सभासद मोहनसिंह राठौरसँगै नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  सीमामा भारतीयको मनपरी, नेपाली महिलामाथि कुटपिट