बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडी। बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागु हुने भएको छ। आइतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्। संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको उनले जानकारी दिए।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइन ेछैन। खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम