नेप्से ५४ अंकले बढ्यो

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक आज  ५४ अंकले नेप्से बढेको छ। आज नेप्से २ दशमलव ७ प्रतिशतले बढेर २ हजार ६ सय ६५ दशमलव ११ विन्दुमा रोकिएको छ।

कारोबार रकम पनि बढेर ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबर भएको छ । प्रि ओपन समयदेखिनै बढेको नेप्सेमा पाँच ओटा कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो।

आज विशाल बजार, महिला लघुवित्त, सिंगटी हाइड्रो, सिनर्जी पावर, सानिमा जनरल इन्स्योरेन्सले उच्च प्रतिफल कमाएका छन्। यसैगरी, एनसीसी बैंकको कारोबार सबैभन्दा धेरै ४२ करोड रुपैयाँ बराबरको भएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा उछाल, लगानीकर्ता उत्साहित