सुनको मुल्य बढ्यो, तोलाको कति?

काठमाडौं। सुन प्रतितोलामा आज ४०० रूपैयाँ बढेको छ। आज सुन प्रतितोला ९० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतवार सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भएको थियो। तेजावी सुन प्रतितोला ८९ हजार ९०० रूपैयाँ तोकिएको छ। पाँच रूमैयाँ बढेको चाँदी १ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य तीन सयले बढ्यो