क्यान्सर अस्पताल आउने बिरामी र कुरुवालाई पिसिआर अनिवार्य

चितवन। भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ। अस्पतालले आज एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागू गरेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमद्वारा जारी सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ। सूचनामा भनिएको छ, “अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ।” यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ।

फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ। अस्पतालकोसेवा लिन आउँदासेवाग्राहीले अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ। बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  निषेधाज्ञा कडा गर्न २० जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह