कोरोना संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना

बर्दीबास। कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ।

जिल्लाको मनरासिस्वा नगरपालिका ९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले जानकारी दिएका छन्।

गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ। मलामीमा गएका ६०र७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट एकैदिन ४ हजार ९२ जनाको मृत्यु