दमकमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

दमक। कोरोना सङक्रमणका कारण झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ। नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नपा– २ की ६५ वर्षीया एक वृद्धाको आज बिहान मृत्यु भएको छ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो। दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टका ७०सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो