१२ अंकले घट्यो नेप्से

काठमाडौं। सेयर बजारको परिसूचक नेप्से आज १२ अंकले घटेको छ। उक्त अंकको गिरावटपछि परिसूचक २६५२ अंकमा कायम भएको छ। सेयर बजार घटे पनि कारोबार रकममा भने कमी आएको छैन। ७ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

माइक्रोफाइनान्स र लगानीबाहेकका सबै समूह घटेका छन्। माइक्रोफाइनान्स ६९ अंकले बढ्दा लगानी समूह १ अंकमुनि हरियो रह्यो। बैंकिङ ९, ब्यापार १५, होटल तथा पर्यटन १२, विकास बैंक २२, जलविद्युत ३२, फाइनान्स ९, निर्जीवन बीमा ८०, उत्पादन ६४, अन्य ३२ र जीवन बीमा समूह ९० अंकले घटेका छन्।

आज विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सिंगटी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ।
आजको कारोबारपछि विशाल बजारको मूल्य ६१६८ रुपैयाँ पुगेको छ। महिलाको मूल्य प्रतिकित्ता ३७८० रुपैयाँ पुगेको छ। सिंगटी हाइड्रोको मूल्य ४३१ रुपैयाँ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ–तराई/मधेस द्रुत मार्ग : सुरुङमार्ग र हाइब्रिज निर्माण गर्न सम्झौता

त्यस्तै गुमाउनेमा अरुण भ्यालीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य २।६ प्रतिशतले घटेको छ। माउन्टेन इनर्जीको मूल्य २.५ प्रतिशतले घटेको छ।