त्रिशुलीमा बेपत्ताको शव फेला

माेटरसाइकल

चितवन। नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ। भरतपुर महानगरपालिका–१ स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भन्ने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो।

अन्य सम्बन्धित समाचार:  काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा