काठमाडौँबाट बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित बृद्धको मृत्यु

काठमाडौं। काठमाडौंका कोरोनाभाईरस संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ।

६ दिन अघि काठमाडौँबाट उपचारका लागि झापाको बिएण्डसी अस्पताल ल्याइएका कोरोना संक्रमित ती बृद्धको काठमाडौँमा भ्यान्टिलेटरसहितको बेड नपाएपछि ६ दिन अघि ती बृद्धलाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएको थियो।

वैशाख १५ गते हेलिकप्टरबाट बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएका झापा शिवसताक्षी नगरपालिका ८ का ७० वर्षीय नरप्रसाद उप्रेतीको मृत्यु भएको हो।

मृतकका परिवार सदस्यका अनुसार उनको सोमबार साँझ मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि