देशका धेरै ठाउँको मौसम बद्ली

काठमाडौं। अहिले मुलुकका धेरै स्थानमा मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अहिले प्रदेश–१ र २ का केही ठाउँमा पानी परिरहेको मौमसविद्ले बताएका छन्।

यी दुई प्रदेशमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताईन्।

अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो पहाडी भेगमा पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताईन्।

आज राति भने देशभर नै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली, न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज र भोलि मौसम पूर्णदेखि आंशिक बद्ली रही देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार जना नियन्त्रणमा

पर्सि भने देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ। देशका केही ठाउँमा फाट्टफुट्ट र केही ठाउँमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।