कैलालीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। कैलालीमा आज बिहानै थप ४ जना कोरोनाभाईरस संक्रमितको मृत्यु भएको छ।

बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका चार जनाको कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार धनगढी ७ कि ७७ वर्षीया महिला, बझाङका २६ वर्षीय पुरुष, कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य सम्बन्धित समाचार:  सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि