कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि हिजो स्थगित गरिएको बैठक आज दिउँसो २ बजेका लागि सारिएको हो।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

सभापति देउवाले समसामयिक राजनीति र पार्टी महाधिवेशनबारे छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएको
उनको भनाई छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थिति, विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे बैठकमा समीक्षा हुने कांग्रेसले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रीपरिषद्को बैठक— जतिसक्दो चाँडै प्रधानमन्त्रीले विस्वासको मत लिने विषयमा छलफल