बाग्लुङमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु

कोरोना भाइरस संक्रमणबाट ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यको मृत्यु भएको छ।

धौलागिरि अस्पतालको सघन कक्षमा उपचाररत ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या आएपछि उनी बैशाख १९ गते अस्पताल पुगेको थिइन्। अस्पतालमा गरिएको जाँचमा संक्रमण पुष्टि भएको थियो।

अन्य सम्बन्धित समाचार:  एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो