पदमुक्त भएकोमा अत्यन्तै खुसी छु: अमिक शेरचन

पोखरा। गण्डकीको प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले अहिलेको राजनीतिक दिशा निरंकुशतातर्फ उन्मुख भएको बताए। सोमबार पदबाट बर्खास्त भएका शेरचनले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै अधिकारबिहीन भएर पदमा बसिरहनु भन्दा यसबाट मुक्त हुनु नै उपयुक्त भएको भनाइ उनले राखेका छन्।

‘पदमुक्त भएकोमा अन्यतै खुसी छु। राष्ट्रपति ज्यूलाई मुरी मुरी धन्यवाद अधिकार बिहीन भएर जेलबाट मुक्त गरिदिएकोमा’ उनले भने। आफूले सुरुमा यो पद अस्वीकार गरेपनि पार्टीका अनुशासित कार्यकर्ता भएकाले स्वीकार्न बाध्य भएको उनले दावी गरे।

संविधान अनुसार कुनै निर्णयमा प्रभाव पार्ने अधिकार आफूलाई नभएकाले आफूले सरकारलाई कुनै अप्ठेरो नपारेको उनको भनाइ छ। प्रदेश प्रमुखका हिसाबमा आफूले कुनै पक्षमा लागेर निर्णय नगरेको उनले बताए। राजीनामा मागेको भए आफूले सहजै दिनेमा जानकारीसम्म पनि नदिएर पदबाट हटाउनु आश्चर्य रहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’भनेपछि पुनः शपथ गराउन माग गर्दै सर्वोच्चमा रीट