झापामा चट्याङ्ग लागेर प्रहरी सहायक निरीक्षकको ज्यान गयो

माेटरसाइकल

झापा। झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ्ग लागेर ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमवार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा चट्याङ्ग लागेर उनी घाइते भएका थिए।

तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले उनको ज्यान गइसकेको जानकारी गराएका थिए।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए। भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो।

गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित रहेका छन्।