हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौंडा। हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। हेटौंडा—६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले बताए।

छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

यसअघि, हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगञ्जका ४६ वर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  ७५० पत्रकारमा कोरोना संक्रमण पुष्टि