१४ महिने बालकसहित १११ वर्षीय वृद्धले जिते कोरोना

रुपन्देही। पछिल्लो समयमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यसैबीच लुम्बिनी प्रदेशको बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या पनि बिस्तारै बढ्न थालेको छ। पल्छिल्लो समयमा यसरी संक्रमित हुनेहरु बढ्न थालेपछि स्वास्थ्यकर्मीहरु पनि खुसी हुन थालेका छन्।

पछिल्लो एक सातामा विभिन्न कोभिड आइसोलेसन र होम आइसोलेसनमा रहेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएका बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

अहिले संक्रमणमुक्त हुनेहरु धेरै होम आइसोलेसनमा बसेका हुन्। १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल भएको वलीले जनाएका छन्। बाँकेमा वैशाख १२ गते १२, १३ गते १२५, १४ गते १०६, १५ गते ८८, १६ गते २४४, १७ गते २०५, १८ गते २५०, १९ गते ३०५ संक्रमित कोरोना जितेर घर फर्किएको वलीले जानकारी दिएका छन् ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि

पहिलो चरणको कोरोना महामारीभन्दा यो पटकको महामारीमा गम्भीर प्रकृतिका बिरामी बढी देखिनु र मृत्युदर बढी हुँदा त्रास बढेको र अस्पतालमा थेग्नै नसक्ने गरी गम्भीर बढेको भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले जानकारी दिए। बाँकेमा कोरोना जित्नेको तुलनामा संक्रमिण दर बढी देखिन्छ। पछिल्लो हप्तामा एक हजार ३३५ निको हुँदा तीन हजार ५२० जना संक्रमणमा परेका छन्। यो संख्यामा कमी नआएका कारण पनि अस्पतालमा चाप बढेको हो।