सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं। सुनको मूल्य आज पनि बढेको छ। प्रतितोला २ सय वृद्धि भएर छापावाल सुन आज ९० हजार ६०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ। तोलाको २५ रूपैयाँ बढेको चाँदीको बजार भाउ १ हजार ३२५ रूपैयाँ तोकिएको छ।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी