कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

सुनसरी। सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ। उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो।

सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए। वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ।

अन्य सम्बन्धित समाचार:  ७५० पत्रकारमा कोरोना संक्रमण पुष्टि