रसुवागढी र तातोपानी नाकामा उच्च सर्तकता

काठमाडौं। पछिल्लो समयमा देशभर कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सर्तकता अपनाउन शुरु गरिएको छ। व्यापार सहजताका लागि नेपालले अधिकतम् सुरक्षा अपनाउनु पर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि तातोपानी र रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन्।

रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको छ। खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नलकटुवा पेस्तोलसहित एक पक्राउ