उपत्यकाका सीडीओहरुको बैठक जारी, के विषयमा छलफल हुँदैछ? 

काठमाडौं। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक जारी छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकमा काठमाडौं तथा भक्तपुरका सीडीओ सहभागी छन् भने ललितपुरका सहायक सीडीओ सहभागी छन्।

बैठकले निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा निर्णय गर्ने जनाइको छ। उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बस्न लागेको हो। आजको बैठकले निषेधाज्ञा थप गर्ने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

अन्य सम्बन्धित समाचार:  अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन