माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ। स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेका बताए।

बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर बस्ने गजुरेलले बताए। अर्का स्थायी कमिटी सदस्य देव गुरुङले औपचारिक बैठक नभइ अनौपचारिक छलफल भएको बताए।

समसामयिक राजनीतिक विषयमा छलफल हुने गुरुङले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा