सबै सांसदको पीसीआर परीक्षण गरिने

काठमाडौं। संघीय संसदका सदस्यहरुको पीसीआर परीक्षण हुने भएको छ। वैशाख २७ गते बस्ने संसद बैठकको तयारी स्वरुप सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण वैशाख २२ र २३ गते हुने संसद सचिवालयले जनाएको छ।

२२ गते बुधबार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरु, संसद सचिवालयका महासचिव, सचिव, कार्यव्यवस्था शाखा तथा सांसद सुविधा व्यवस्थापन शाखाका कर्मचारीहरु, संसद सचिवालयका कर्मचारीहरु एवम् सभामुख, अध्यक्ष र उपाध्यक्षको निजी सविचालयका कर्मचारीको पीसीआर परीक्षण हुनेछ।

अन्य सम्बन्धित समाचार:  आज मदन–आश्रित स्मृति दिवस