देउवा र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि प्रचण्ड र देउवाबीच टेलिफोन वर्ता भएको हो।

सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो। करिब २० मिनेट भएको संवादमा प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिनेभएपछि कांग्रेसको रणनीतिक कस्तो हुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए। सभापति देउवाले पदाधिकारी बैठकपछि निर्णय आउने बताएको स्रोतले भन्यो।

टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल र डा खिमलालबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता