माओवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने सचेतक देव गुरुङले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्मा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि माओवादी छलफलमा जुटेको हो। माओवादीले अन्य प्रतिपक्षी दलसँग पनि छलफल गर्ने भएको छ।

अन्य सम्बन्धित समाचार:  उम्मेदवारी दिनका लागि राम बहादुर थापा हेलिकप्टर चढेर हेटौँडा गए